काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ ।
विभागले सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा घटाउने जनाएको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ ।
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले घटेको छ ।