सार्वजनिक सवारी साधनको भाडादर घट्यो

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ४, २०८० ११:२८
सार्वजनिक सवारी साधनको भाडादर घट्यो

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक  यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ ।

विभागले  सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा घटाउने  जनाएको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले घटेको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ४, २०८० ११:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट