वैदेशिक रोजगारमा कामदार पठाउने प्रणाली हट्ने

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ ८, २०८० १७:५४
वैदेशिक रोजगारमा कामदार पठाउने प्रणाली हट्ने

काठमाडौँ । वैदेशिक रोजगारीमा कामदार पठाउने काेटा प्रणाली हट्ने भएको छ ।

वैदेशिक रोजगार व्यवसायीले प्रत्येक वर्ष कम्तीमा १०० जना कामदार पठाउनुपर्ने  व्यवस्था थियोे  ।

कोठा सिस्टमले व्यवसायी मर्कामा परेको भन्दै मन्त्रालयले कानुन संशोधन गर्न लागेको हो । त्यसका लागि म्यानपावर व्यवसायीहरूले दबाब दिँदै आएका छन् । साे  निर्णय व्यवहारिक नभएको भन्दै  निरन्तर कोटा प्रणाली हटाउन माग गर्दै आएका थिए ।

सोही आधारमा श्रम मन्त्रालयले कोटा प्रणाली हटाउन लागेको हो । १०० जना पठाउँदा व्यवसायीहरूले अरूबाट भिसा किनेर महँगोमा बेच्ने गरेका छन् ।

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ ८, २०८० १७:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट