वाग्मती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो, आजैदेखि लागु हुने

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ११, २०८० २0:४८
वाग्मती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो, आजैदेखि लागु हुने

काठमाडौं । वाग्मती प्रदेशमा छोटो दुरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ ।

श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीबार  सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजलको भाउ घटाएको नौँ दिनपछि वाग्मती प्रदेशमा छोटो दुरीमा चल्ने गाडीको भाडा घटाएको हो ।

मन्त्रालयले घटाएको भाडा दर आजै राजपत्रमा प्रकाशित गरेकाे छ ।राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागु हुनेछ ।  काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दुरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको छ ।

गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १०/१० र पेट्रोलमा रु तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ताको बुधबारदेखि लागु हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर रु १०/१० ले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको रु. एक सय ५५ कायम भएको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ११, २०८० २0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट