नक्कली शरणार्थी प्रकरणमा थप एक पक्राउ

  • मिसन संवाददाता
  • शुक्रबार, जेष्ठ १२, २०८० २0:११
नक्कली शरणार्थी प्रकरणमा थप एक पक्राउ

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्ने आरोपी केशव तुलाधरकी श्रीमती लक्ष्मी महर्जन हुन् । उनलाई जिल्ला प्रहरी परिसर, टेकुको टोलीले शुक्रबार पक्राउ गरेको हाे ।

पीडितहरुबाट उठाइएको रकम उनको नामको खातामा आएको देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे  ।

यस प्रकरणमा प्रहरीले दुई दिनअघि ३० जना आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

किर्ते, संगठित ठगी र राज्यविरुद्धको कसूरमा मुद्दा चलाइएकाहरु विरुद्ध जिल्ला अदालत, काठमाडौंमा थुनछेक बयान जारी छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, जेष्ठ १२, २०८० २0:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट