काठमाडौँ । मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् ।
शनिबार ललितपुरको गोदावरीमा २३ प्रतियाेगीलाई पछि पार्दै प्रधानले उपाधि चुमेकी हुन् । प्रधान काठमाडौँकी हुन् । उनी लिबरल आर्टस्/सासाइन्स मा स्नातक छिन्।
गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी हुन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् ।
दाङकी मजगैया कमर्सियल पाइलट हुन् भने ललितपुरबाट प्रतियोगी शाह वातावरण विज्ञानमा स्नातक हुन् । उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी पनि हुन् ।
गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयाेजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।