मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानलाई

  • मिसन संवाददाता
  • शनिबार, जेष्ठ १३, २०८० २0:४३
मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौँ । मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् ।

शनिबार  ललितपुरको गोदावरीमा २३ प्रतियाेगीलाई पछि पार्दै प्रधानले उपाधि चुमेकी हुन् । प्रधान काठमाडौँकी हुन् । उनी लिबरल आर्टस्/सासाइन्स मा स्नातक छिन्।

गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी हुन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् ।

दाङकी मजगैया कमर्सियल पाइलट हुन् भने ललितपुरबाट प्रतियोगी शाह वातावरण विज्ञानमा स्नातक हुन् । उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी पनि हुन् ।

गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयाेजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

  • मिसन संवाददाता
  • शनिबार, जेष्ठ १३, २०८० २0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट