पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

  • मिसन संवाददाता
  • आइतवार, जेष्ठ १४, २०८० 0८:५१
पहाडी  भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । आज दिउँसो बागमती, काेशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ।

तीन प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ।

 

  • मिसन संवाददाता
  • आइतवार, जेष्ठ १४, २०८० 0८:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट