काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारकाे नीति तथा कार्यक्रम सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।
आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने छ ।
संवैधानिक व्यवस्था अनुसार जेठको १५ गते बजेट ल्याउनुपर्ने छ ।सरकारले यहि जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएकाे थियाे ।
साे नीति तथा कार्यक्रम शनिबार पारित भइसकेकाे हाे ।