आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट अपरान्ह ४ बजे सार्वजनिक हुने

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ १५, २०८० 0९:१७
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट अपरान्ह ४ बजे सार्वजनिक हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारकाे नीति तथा कार्यक्रम  सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

आज अपराह्न बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने  छ ।

संवैधानिक व्यवस्था अनुसार  जेठको १५ गते बजेट ल्याउनुपर्ने छ ।सरकारले यहि जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएकाे थियाे ।

साे नीति तथा कार्यक्रम शनिबार पारित भइसकेकाे हाे ।

 

  • मिसन संवाददाता
  • सोमवार, जेष्ठ १५, २०८० 0९:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट