चीनका धनाढ्य ज्याक मा काठमाडौंमा

  • मिसन संवाददाता
  • मङ्लबार, असार १२, २०८० १७:४२
चीनका धनाढ्य ज्याक मा काठमाडौंमा

ढकाठमाडौँ । चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक तथा चिनियाँ व्यवसायी ज्याक मा नेपाल भ्रमणमा आएका छन् ।

हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजमा उनी मंगलबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

ज्याक मा बिजनेस ट्रिपका लागि काठमाडौं आएको बताइए पनि काठमाडौंमा उनको भ्रमणको उद्देश्यबारे यकिन विवरण सार्वजनिक भएकाे  छैन ।

यही जुन २९ तारिख बिहीबार उनी काठमाडौंबाट पाकिस्तानको लाहोर जाने तालिका छ ।

चीनको ह्वाङझाउमा जन्मिएका ज्याक माले शिक्षण पेशा छाडेपछि सन् १९९९ मा अलिबाबा ग्रुप स्थापना गरेका थिए ।

 

  • मिसन संवाददाता
  • मङ्लबार, असार १२, २०८० १७:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट