‘१२ वीं फेल’ ले जित्यो ६९औँ फिल्म फेयर अवार्ड

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० १५:0२
‘१२ वीं फेल’ ले जित्यो ६९औँ फिल्म फेयर अवार्ड

भारतमा आइतबार ‘६९औँ फिल्म फेयर अवार्ड’को घोषणा भयो । गुजरातमा आयोजित अवार्ड समारोहमा आलिया भट्ट सर्वश्रेष्ठ अभिनेत्री घोषित भइन् भने सर्वश्रेष्ठ अभिनेता रणविर कपुर बने ।

रणविर र आलिया श्रीमान्‌/श्रीमती हुन् । आलियालाई ‘रकी ओर रानीकी प्रेम कहानी’ चलचित्रका लागि अवार्ड दिइँदा रणविरलाई ‘एनिमल’ चलचित्रको लागि अवार्ड दिइएको हो ।

यसबीचमा सन् २०२३ को सर्वश्रेष्ठ चलचित्रको अवार्ड भने ‘१२ वीं फेल’ चलचित्रले पायो । सोही चलचित्रका निर्देशक विधु विनोद चोपडालाई सर्वश्रेष्ठ निर्देशकको अवार्ड पनि दिइयो ।

यस्तै, ‘डंकी’ चलचित्रमा अभिनय गरेका विक्की कौशललाई सर्वश्रेष्ठ अभिनेता सपोर्टिङ रोलका लागि अवार्ड दिइयो । बीबीसी हिन्दी

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० १५:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट