तीनकुने सामूहिक हत्या प्रकरण : सञ्जय भण्डारीले हत्या गरेको

  • मिसन संवाददाता
  • आइतवार, भदौ ३१, २०८० २१:३७
तीनकुने सामूहिक हत्या प्रकरण  : सञ्जय भण्डारीले हत्या गरेको

काठमाडौं । काठमाडौंको तीनकुनेमा चार जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ ।

भण्डारीको बयानका आधारमा प्रहरीले उनले नै हत्या गरेको निष्कर्ष निकालेको छ । सीसीटीभी फुटेजका आधारमा पक्राउ परेका उनी अन्दाजी २३ वर्षका हुन्। उनले कापीमा लेखेर हत्या स्वीकार गरेको प्रहरीले बताएको छ।

पक्राउपछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेर अपराध स्‍वीकार गरेका हुन्।  साथै उनले सांकेतिक भाषामा कक्षा १२ समेत पास गरेको पाइएको छ। उनलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।

मारिएकामध्ये मोरङका नवीन राईसँग उनको रिसीइबी रहेको र सोहीकारण हत्या गरेको बताएका छन्। अन्य तीन जनाले हत्याबारे जानकारी पाएकाले उनीहरुको पनि हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन्।

 

  • मिसन संवाददाता
  • आइतवार, भदौ ३१, २०८० २१:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट