उर्लाबारी आगलागीबाट थप एक जनाको मृत्यु

  • मिसन संवाददाता
  • मङ्लबार, मंसिर १२, २०८० १२:२६
उर्लाबारी आगलागीबाट थप एक जनाको मृत्यु

 

मोरङ  उर्लाबारी–७ स्थित एक सुन पसलमा गत कात्तिक २६ गते  भएको आगलागीमा परी घाइते भएका ४३ वर्षीय राम नरेश मरिता (यादव) को उपचारका क्रममा मृत्यु भएको छ ।
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाका वडा नं. १ घर भई उर्लाबारी–७ मा क्लिनिक सञ्चालन गरी बस्दै आएका भ मरिताको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।

प्रहरीको रिपोर्टमा मरिताको शरीरमा १४ प्रतिशत मात्र जलन भएको उल्लेख थियो । आगलागी घटनामा परी यसअघि हेमकुमार दाहाल, कुमार तामाङ, तपन पण्डित र घरधनी रुकुमबहादुर कार्कीको मृत्यु भइसकेको छ । स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलमा लक्ष्मी पूजाको राति अचानक आगलागी सुरु भएको थियो । आगो नियन्त्रण प्रयासमा गएका चार प्रहरी र २४ स्थानीय गरी २८ जना घाइते भएका थिए । घाइतेहरूको काठमाडौँस्थित बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, मंसिर १२, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट