सेनाका पाइलटको पनि शैक्षिक प्रमाण पत्रमा बदमासी !

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० ११:0३
सेनाका पाइलटको पनि शैक्षिक प्रमाण पत्रमा बदमासी !

शैक्षिक योग्यताको प्रमाण पत्र र नागरिकताको प्रमाण पत्रका कारण नेपाली सेनाका उच्च तहका अधिकृतहरुले जागिरबाट हात धुनु परेको छ । नेपालीका कतिपय अधिकृतहरुसँग अझै पनि भारतबाट खरिद गरेर ल्याएको शैक्षिक योग्यताको प्रमाण पत्रका आधारमा जागिर खाइरहेको र बढुवाका लागि समेत लाइनमा बसेकाले भारतबाट ल्याइएको आईए, वीएको शैक्षिक योग्यताको प्रमाण पत्रधारी जति पनि अधिकृतहरु रहेका छन्, उनीहरुको शैक्षिक योग्यताको प्रमाण पत्रका बारेमा नेपाली सेनाको हेडक्वार्टरले निष्पक्ष छानविन गरोस् भन्ने माग गर्दछौं ।

हामी कैयौं अधिकृतहरु स्वदेशमै दुःख सुख गरेर पढेर नेपाली सेनामा भर्ना भएर इमानदारीर्पूवक जिम्मेवारी पूरा गर्दै आएका छौं । तर, भारतबाट ल्याइएका शंकास्पद शैक्षिक योग्यताको प्रमाण पत्र सेनामा पेश गरेर सोर्सफोर्स भिडाएर जागिर खाएकाहरुको बारेमा सेनाले तत्कालै छानविन गरोस् भन्ने माग गर्दछौं ।

नेपालीको हवाई महानिर्देशनालय(डीजीएए)का कतिपय अधिकृतहरुको भारतीय कलेजका शैक्षिक योग्यताको प्रमाण पत्रहरु शंकास्पद रहेको पनि आर्मी हेडक्वार्टरभित्र चर्चा हुन गर्दछ । नेपाली सेना जस्तो पवित्र संस्था त्यसमा पनि सेनाको हवाई महानिर्देशनालय जस्तो संवेदनशील निकायमा पनि शंकास्पद शैक्षिक योग्यताको प्रमाण पत्रका आधारमा जागिर खाने र बढुवा पनि खाने हो भने सेनामा योभन्दा ठुलो बद्मासी अरुके होला ?

प्रधानसेनापति प्रभुराम शर्मामा हाम्रो हार्दिक अनुरोध छ कि इन्फेन्ट्रीमा जस्तै हवाई महानिर्देशनालय(डीजीएए)का पाइलटहरुको शैक्षिक योग्यताको प्रमाण पत्रको पनि निष्पक्ष रुपमा छानविन होस् ।

अन्य निकायका कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाण पत्रको छानविन नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान विभागले गर्नु हुने नेपाली सेनाको हवाई महानिर्देशनालय(डीजीएए)लगायतका विभागहरुका अधिकृतहरुको शैक्षिक योग्यताको प्रमाण पत्रको छानविन किन हुनु नहुने ? साँघु साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।

–सैन्य अधिकृतहरु, आर्मी हेडक्वार्टर

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० ११:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट