हरिबोलको राजिनामा : वर्षमान र महरालाई सुनकाण्डमा कारबाही गर्नुपर्ने माग !

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० ११:३७
हरिबोलको राजिनामा : वर्षमान र महरालाई सुनकाण्डमा कारबाही गर्नुपर्ने माग !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा महंगो पर्ने भएको छ । प्रधानमन्त्री पुत्री गंगा दाहालको भूमिकामा सांसद अमरेश कुमार सिंहले गम्भीर प्रश्न उठाएलगत्तै गजुरेलको राजीनामा बाहिर आएको हो ।

गजुरेलले राजीनामा दिएको ५ दिनपछि प्रसंग बाहिरिएको हो । गजुरेलले राजीनामा दिने बेलामा अर्थात २०८० मंसिर २० गतेको आसपासमा नेपालमा एनसेलको खरिदविक्रीको विषय चर्को विवादमा थियो । एनसेलको अनियमिततामा प्रमुख दलका शीर्ष नेताहरु नै संलग्न छन् भन्ने आरोप लागिरहेका बेला इमानदार नेता गजुरेलले सरकार भ्रष्टाचारमा संलग्न भएको भन्दै राजीनामा दिन पुगेको स्रोत बताउछ । त्यसले गर्दा प्रचण्ड अहिले गजुरेलको राजीनामा स्वीकृत गरिहाल्ने अवस्थामा रहेका छैनन् तर गजुरेल पनि फर्किने अवस्थामा छैनन् । सार्वजनिक रुपमा सरकारसँग भएका असहमतिलाई बताउन थालेपछि उनी फर्किने संभावना कम रहेको देखिन्छ । गजुरेलले मुख खोलेर यो यो एजेण्डामा असहमति रहेको छ भनेर त बताएका छैनन् ।

छोरी गंगा दाहालको भूमिकामाथि भने गम्भीर प्रश्न उठाएका छन् । अनौपचारिक रुपमा भने गजुरेलले माओवादी प्रचण्डले सुन प्रकरणमा पार्टी नेताहरुलाई बचाएकोप्रति असहमति राखेका छन् । वर्षमान पुन, कृष्णबहादुर महरालाई कारबाहीमा ल्याउनुपर्ने गजुरेलको मत रहेको थियो तर, त्यसमा प्रचण्ड बचाउमा लागे । उनी बचाउमा लागेपछि गजुरेलको कुरा पनि सुन्न छोडेका थिए ।

त्यतिबेलादेखि असन्तुष्ट भएका गजुरेल एनसेल प्रकरणमा भएको विवादमा पनि प्रचण्डको संलग्नताको कुरा उठ्यो । हरेक ठूला घोटालामा छोरी गंगा दाहालको डिल हुन थालेपछि गजुरेलले प्रचण्डसँग बस्न नचाहेको बताइन्छ । त्यसो त, प्रचण्डले पनि उनलाई नजिकमा राख्नेभन्दा पनि जागिर दिनेमात्रै काम गरेको पनि सिंहदबारमा चर्चा हुने गरेको छ । छोरी गंगा दाहालकै कारण चुनावमा टिकटसमेत खोसिएका गजुरेलको असन्तुष्टि कम गर्न प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए ।

२०८० मंसिर २० गते राजीनामा दिएकै बेला प्रचण्डले भने मौखिक रुपमा स्वीकृत गरेका थिए । गजुरेलकै भनाइमा त्यतिबेला पार्टीमा भूमिका दिने भनेका थिए । अहिले पछिल्ला दिनमा भने राजीनामा स्वीकृत नभएको बताउन थालिएको छ । राष्ट्रियसभाको चुनाव, गठबन्धनमाथि विभिन्न प्रश्न उठेको र प्रचण्डकै भूमिकामाथि प्रश्न उठेको बेलामा सरकारको प्रतिरक्षा गर्नुपर्ने पोजिसनमा भएको व्यक्तिले राजीनामा दिनु प्रचण्डका लागि भने निकै महंगो पर्ने देखिन थालेको छ । साँघु साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० ११:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट