कांग्रेसको मधेस प्रदेश सम्मेलन आज

  • मिसन संवाददाता
  • बिहिबार, पुस ५, २०८० 0८:२२
कांग्रेसको मधेस प्रदेश सम्मेलन आज

नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज हुँदै छ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो ।

प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्नेछन् ।

सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरी मधेसकै हुन् । त्यस्तै, पूर्वउपसभापति विमलेन्द्र निधिको गृह प्रदेश समेत हो ।

सम्मेलनमा मधेस प्रदेशका आठ जिल्लाबाट आठ सय २५ जना प्रदेश प्रतिनिधिहरू सहभागी हुनेछन् ।

  • मिसन संवाददाता
  • बिहिबार, पुस ५, २०८० 0८:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट