पशुपति हिन्दू विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन मन्त्री किराँतीको निर्देशन

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १०, २०८० १३:४१
पशुपति हिन्दू विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन मन्त्री किराँतीको निर्देशन

पशुपति हिन्दू विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निर्देशन दिएका छन्।

विश्वविद्यालय स्थापनाका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिलाई उनले निर्देशन दिएका हुन्।

गत चैतमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफुले मन्त्रालयस्तरबाट गर्नु पर्ने समन्वय र पहल बारे सुझाउन समेत समितिलाई आग्रह गरेका छन्।

समितिका सदस्यले हाल अध्ययन, अनुसन्धान संगै मस्यौदाको चरणमा रहेको बताएका छन्। विश्व विद्यालय गुठी अवधारणामा चल्ने, कुनै पनि विश्वविद्यालयलाई यसले सम्बन्धन नदिने, निश्चित प्रक्रिया पूरा गरेपछि स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई भर्ना गर्ने समितिका सदस्य कमल ढकालले बताए।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १०, २०८० १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट