परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा दायित्व : प्रधानमन्त्री

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १०, २०८० १४:0३
परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा दायित्व : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् ।

मंगलबार बिहान २०औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको बताउँदै सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १०, २०८० १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट