पक्राउ पुर्जी जारी भएका विप्लव बालुवाटारमा : बेलुका फेरि बैठक

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० ११:0९
पक्राउ पुर्जी जारी भएका विप्लव बालुवाटारमा : बेलुका फेरि बैठक

समाजवादी मोर्चा, नेपालको बैठक साँझ फेरि बस्नेगरी सकिएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक आजै साँझ ६ बजे फेरि बस्नेगरी सकिएको एक नेताले जानकारी दिए ।

बैठकमा समसामयिक विषयमा छलफल भएको थियो । ‘मोर्चामा आवद्ध दलहरूबीच छलफल शुरू भएको छ,’ बैठकपछि उनले भने, ‘मोर्चाको बैठक साँझ फेरि बस्नेछ र केही निर्णय हुनेछ ।’​

केही दिनअघि विप्लवसहितका नेकपा नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । बैठकमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेता सहभागी थिए । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहहरू सहभागी थिए ।

गत असार ४ गते चार दलले समाजवादी मोर्चा गठन गरेका थिए ।

  • मिसन संवाददाता
  • बुधबार, पुस ११, २०८० ११:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट