टर्कीमा कर्मचारीको तलब आधा बढ्यो

  • मिसन संवाददाता
  • बिहिबार, पुस १२, २०८० १२:२३
टर्कीमा कर्मचारीको तलब आधा बढ्यो

टर्कीले २०२४ को पहिलो दिनदेखि कर्मचारीको मासिक न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पुर्‍याउने निर्णय गरेको छ। देशका श्रम तथा सामाजिक सुरक्षा मन्त्री वेदात इसिखानले बुधबार उक्त घोषणा गरेका हुन्।

योसँगै गत आ.व.को तुलनामा खुद न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले र गत वर्षको तुलनामा शतप्रतिशतले बढेको छ।

श्रमिकहरूको तर्फबाट सरकारसँगको वार्तामा सहभागी टर्किस ट्रेड युनियनहरूको कन्फेडेरेसनका अध्यक्ष एर्गुन अटालेले श्रमिकहरूको अपेक्षित न्यूनतम पारिश्रमिक १८ हजार लिरा रहेको बताए। -सिन्ह्वा/नान

  • मिसन संवाददाता
  • बिहिबार, पुस १२, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट