काठमाडौं । नेपालको दशवर्षे द्वन्द्वका क्रममा बलात्कारमा परेका महिलाको स्वास्थ्य अवस्था नाजुक रहेको पाइएको छ । द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय सङ्गठनले बलात्कार पीडितहरुको स्वास्थ्य परीक्षण शिविरमार्फत गरेको अध्ययनमा उनीहरु कुनै न कुनै शारीरिक तथा मानसिक रोगको शिकार भएको पाइएको हो ।
अध्ययनका क्रममा एक पटक बलात्कारमा पर्नेहरुको सङ्ख्याको तुलनामा बारम्बार यस्ता घटना सामना गर्नेको संख्या बढी रहेको पाइएको छ । एक पटक बलात्कारमा पर्नेहरुको सङ्ख्या ५९ दशमलव ८४ प्रतिशत, सामूहिक तर एक पटक मात्रै यस्तो घटना सामना गर्नेहरुको संख्या ६५ दशमलव ३५ प्रतिशत , सामूहिक र महिनौँ बलात्कारजस्ता घटनामा पर्नेहरू ४० दशमलव १६ प्रतिशत रहेछ । संयोजक खड्काले, अध्ययनका क्रममा बलात्कारमा परेकैकारण गर्भपातको समस्या भोग्नेहरुको संख्या ३४ दशमलव ६५ प्रतिशत पाइएको जानकारी दिइन् ।
एकै जना पीडितको एक देखि तीन वटासम्म बच्चाहरु खेर गएको पाइएको उनको भनाई छ । त्यस्तै संयोजक खड्काले, द्वन्द्वकालीन समस्या समाधानका लागि ऐन निर्माण कार्यलाई तत्काल टुङ्गोमा नपु¥याए पीडितहरुले झनै समस्या भोग्नु पर्ने अवस्था आउने चेतावनी दिइन् । ‘हामीले टिआरसी ऐनलाई ढिला गर्नु हुँदैन् । ढिला गर्दा केहि साथीहरु छिटो उपचार नपाउने हो भने उहाँहरुलाई बचाउन गा¥यो हुन्छ । अब बितिसकेपछिको जिम्मा कसले लिने अर्को असाध्यै गम्भीर विषय हो ।’ उनले भनिन् ‘त्यसैले राष्ट्रिय सहमति र सिङ्गो राज्यले जिम्मेवारीपूर्वक नसोच्दासम्म यो समस्या हल हुँदैन् । एउटा राष्ट्रिय सहमतिको आवश्यक छ । यो कसैलाई आरोप लगाउने कमजोर पार्ने भन्नुभन्दा पनि राष्ट्रको समस्या हो ।
पीडितको ज्यान जोगाउन सदनले आवश्यक भूमिका खेल्न आवश्यक रहेको उनले बताइन् । ‘अहिले त सरकारले द्वन्द्व पीडितहरुलाई उपचार गर्ने भनेर नीति पास गर्दा पनि जो लक्षित समुदाय हो यौनजन्य हिसांमा परेको बलात्काजन्य घट्नामा परेको दिदि बहिनीहरु आउन सक्ने स्थिति छैन् किनकी कानुनले उहाँहरुलाई चिन्दैन्।’ उनले भनिन् ‘जति सक्दो चँडो आयोग गठन गरेर उजुरी खुल्ला गरेर मात्र कानूनीरुपमा पीडित ठहरीनुहुन्छ र ढोका खुल्ने भनेको जतिसक्दो चाँडो ऐन पास गरेर नै हो । त्यसैले सरकारलाई राजनीति दल, सदनलाई आग्रह गर्दैछु यो ढिलो गर्नुभनेको पीडितको बिना उपचार ज्यान जानु हो ।