सातै मुख्यमन्त्रीले हेटौडाबाट काठमाडौँलाई दबाब दिने

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० १0:२२
सातै मुख्यमन्त्रीले हेटौडाबाट काठमाडौँलाई दबाब दिने

केन्द्र सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगरेको भन्दै केन्द्रीय सरकारलाई दबाब दिन आज (शुक्रबार) सातै प्रदेशका मुख्यमन्त्री बागमती प्रदेशको राजधानी हेटौँडामा भेला भएका छन्।

केन्द्र सरकारसँग अधिकार माग्न दबाबमूलक कार्यक्रम अन्तर्गत आज उनीहरुले हेटाैँडामा बैठक गर्न लागेका हुन्। बैठकमा सहभागी हुन हेटौँडा आएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्र सरकारलाई दबाब दिन हेटौँडामा भेला हुनपर्ने अवस्था आएको बताए।

उनले केन्द्रले प्रदेशलाई अधिकार नदिँदा संघीयतामा पनि एकात्मक राज्य प्रणालीकै शैली देखिएको बताए। भेलामा संविधानमा भएका एकल र साझा अधिकारका विषयमा गहन छलफल हुने जनाए।

संघीयता बलियो बनाउन प्रदेश र स्थानीय तहका अधिकार कार्यान्वयन हुनुपर्ने कार्कीले बताए। प्रदेश सरकारले पनि स्थानीय सरकारलाई अधिकार दिएन भन्ने गुनासो छ नि भन्ने प्रश्नमा मुख्यमन्त्री कार्कीले भने, ‘स्थानीय तहलाई चाहिने ऐनहरु हामीले रोकिरहेका छैन, रोकिएको हो भने त्यो समस्या हल गर्न आजको बैठक बस्न लागिएको हो।’

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट