मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १९:२४
मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक अस्थिरता हटाउन बलियो राजनीतिक दल आवश्यक रहेको भनाइ व्यक्त गर्नुभयो । उहाँले मुलुकमा आर्थिक सङ्कट उत्पन्न भएकाले सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । महासचिव पोखरेलले एमालेलाई संविधान मान्दैन भनेर व्याख्या गर्ने कोसिस भइरहेको भनाइ राख्नुभयो । “एमाले संविधान मानेन भनेर व्याख्या गरिरहेका छन् । यो भन्दा मजाकको कुरा के हुनसक्छ”, उहाँले भन्नुभयो, “संविधान बदल्न नमिल्ने चिज पनि होइन ।” उहाँले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको धारणा राख्नुभयो । “साना राजनीतिक दल अस्तित्वमा रहँदा जनमत विभाजन हुने र मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुनेगर्दछ”, उहाँले भन्नुभयो । कार्यक्रममा सुदर्शन मिश्र, शालिग्राम मिश्र, राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जनसहित ३९ जना एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँहरु सबैलाई महासचिव पोखरेलले टीका लगाइ एमालेमा प्रवेश गराउनुभयो ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १९:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट