रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० १८:५२
रुसी सेनामा गएका थप एक नेपालीको मृत्यु

रुसी सेनामा आवद्ध थप एक नेपाली युवकको ज्यान गएको छ।

प्युठान नगरपालिका–४ काठेवर निवासी सोमेश सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मादे जानकारी दिएका छन्।

नेपाली कांग्रेस, प्युठानका उपसभापतिसमे रहेका वर्माले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन्। परराष्ट्रका अनुसार रुसी सेनामा करिब दुई सय नेपाली छन्। चार जना युक्रेनी सेनाको बन्धक रहेको मन्त्रालयले जनाएको छ।

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० १८:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट