विश्व व्यापार संगठनको विकास समितिको अध्यक्षमा नेपालका सुवेदी निर्वाचित

  • मिसन संवाददाता
  • शनिबार, पुस २८, २०८० 0८:२२
विश्व व्यापार संगठनको विकास समितिको अध्यक्षमा नेपालका सुवेदी निर्वाचित

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका लागि राजदूत (स्थायी प्रतिनिधि) रामप्रसाद सुवेदी विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को व्यापार तथा विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन्। जनवरी १२, २०२४ (बिहीबार) भएको डब्ल्यूटीओ जनरल काउन्सिलको बैठकले सुवेदीलाई आगामी १ वर्षे कार्यकालका लागि उक्त समितिको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

बिहीबारको बैठकले राजदूतसहित विभिन्न समितिमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचनका लागि गेको प्रस्तावमा संगठनका सदस्य राष्ट्रहरुले समर्थन गरेका थिए।

नेपाल सन् २००४ मा डब्ल्यूटीओको सदस्य भएयता उक्त संगठनको टियर १ तहको अध्यक्ष पदमा पहिलोपटक नेपालका राजदूत नियुक्त भएका हुन्।

राजदूत सुवेदीले उक्त पदमा उम्मेदवारीका लागि आसय व्यक्त गर्दा नै आफू सहमतिको अध्यक्ष हुन चाहेको बताएका थिए। सबैको समर्थन र सद्‌भाव लिइ डब्ल्यूटीओको कार्यमा योगदान दिन अध्यक्षको जिम्मेवारीको लागि तयार रहेको प्रस्ताव गरेका थिए।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका काउन्सेल दुर्गा प्रसाद भुसालका अनुसार सुवेदीले प्रस्ताव पेस गर्दा समूह संयोजक रहेका फिलिपिन्सका राजदूतले प्रसंसा गरेका थिए।

विश्व व्यापार संगठन मुख्यत: अन्तर्राष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय भए तापनि पछिल्ला छलफद्य तथा बहसहरु विकास र व्यापारमा केन्द्रित हुने गरेका छन्।

डब्ल्यूटीओको एउटा महत्त्वपूर्ण समितिको अध्यक्ष पदमा नेपाल राजदूत नियुक्ति हुनेले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा भिजिवल बनाउनुका साथै विकसित, विकासशील र अतिकम विकसित मुलुक र विकास साझेदारहरुलाई संयोजन गर्ने अवसर प्राप्त भएको भुसाल बताउँछन्।

  • मिसन संवाददाता
  • शनिबार, पुस २८, २०८० 0८:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट