रास्वपाको केन्द्रीय समिति बैठक माघ ३ मा

  • मिसन संवाददाता
  • सोमवार, माघ १, २०८० 0८:१५
रास्वपाको केन्द्रीय समिति बैठक माघ ३ मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बोलाएको छ। रास्वपाले माघ ३ गते बुधबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको हो।

बैठकमा आर्थिक, प्रशासनिक र विभागीय नियमावली, विभागहरुको कार्य प्रगति विवरण तथा पदयात्राका विषयमा छलफल बताइएको छ।

रास्वपाले २१ वटा विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरेको छ। विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको र सो पदयात्रामा खटिने नेताहरुको विषयमा यही बैठकले निर्णय गर्ने रास्वापाले जनाएको छ ।

  • मिसन संवाददाता
  • सोमवार, माघ १, २०८० 0८:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट