एउटै मन कतिपटक जित्नुहुन्छ प्रचण्ड सरकार : बालेन

  • मिसन संवाददाता
  • सोमवार, माघ १, २०८० १७:५१
एउटै मन कतिपटक जित्नुहुन्छ प्रचण्ड सरकार : बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेलम्चीको पानी वितरण पाँचौ पटक उद्घाटन भएपछि प्रधानमन्त्रीलाई व्यंग्य गरेका छन् । बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिहंदरबारस्थित कार्यालय परिसरमा धारा खोलेर मेलम्चीको पानी पाँचौपटक वितरणको उद्धाघटन गरेका थिए ।

मेयर बालेनले फेसबुकमा एउटै परियोजना बारम्बार उद्धाघटनको विश्वकीर्तिमान कायम गरेको भन्दै एउटै मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार भन्दै स्टाटस लेखेका छन् ।बालेनले प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनविना राजनैतिक स्टन्टका लागि मात्रै भएको दाबी गरेका छन् । साथै उनले मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडीमात्रै भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।’

  • मिसन संवाददाता
  • सोमवार, माघ १, २०८० १७:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट