भिजिट भिसामा जानेहरूका लागि नयाँ नियम, कुन कुन कागजात आवश्यक पर्छन् ?

  • मिसन संवाददाता
  • बुधबार, माघ १०, २०८० १0:४५
भिजिट भिसामा जानेहरूका लागि नयाँ नियम, कुन कुन कागजात आवश्यक पर्छन् ?

भिजिट भिसामा विदेश जानेहरूलाई लक्षित लागि नयाँ कार्यविधि आएको छ ।

गृह मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार भिजिट भिसामा जान चाहनेहरूले ६ महिनाको वैध अवधि भए‌को राहदानी देखि दुईतर्फी हवाई टिकट देखाउनुपर्ने छ ।

यस्तै, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पनि साथमा राख्नुपर्ने जनाएको छ ।

त्यस्तै भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट/क्रेडिट कार्ड) पनि हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

  • मिसन संवाददाता
  • बुधबार, माघ १०, २०८० १0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट