व्यापारीहरुले बालेनको कार्यालय घेरे

  • मिसन संवाददाता
  • बुधबार, माघ १०, २०८० १३:२२
व्यापारीहरुले बालेनको कार्यालय घेरे

काठमाडौँ महानगरपालिका विरुद्ध फुटपाथ व्यवसायीहरु सडकमा ओर्लिएका छन् । फुटपाथ तथा साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै लामो समयदेखि आन्दोलित उनीहरुले आज र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।

जिफन्टको अगुवाइमा फुटपाथ व्यापारी तथा नेपाल स्वरोजगार व्यापार श्रमिक संघ, राष्ट्रिय स्वतन्त्र व्यापार-व्यवसायी संघ र सडक व्यापार संगठन एकीकृत ट्रेड युनियन महासंघले आयोजना गरेको र्याली काठमाडौँ प्लाजास्थित महानगरको कार्यालय अगाडि पुगेर धर्ना दिने कार्यक्रम छ ।

जिफन्ट निकट नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष माया गुरुङको नेतुत्वमा निस्किएको र्यालीमा राष्ट्रिय स्वराेजगार व्यावसायी संघका अध्यक्ष लिला दाहाल, नेकपा (एकीकृत समाजवादि)निकट सडक व्यापार संगठन एकीकृत ट्रेड युनियन महासंघका अध्यक्ष कुमार सापकाेटासहित झन्डै साढे २ सयको उपस्थिति रहेको छ । प्लेकार्ड र झण्डासहित निस्किएको र्यालीका सहभागीहरुले महानगरविरुद्ध नाराबाजी गरेका छन् ।

उनीहरुले ‘असोज १० गते गरेको ४ बुँदे सहमति कार्यान्वयन गर’, ‘जफत गरेका सर-सामान फिर्ता गर’, व्यवसायीमाथि भएकाे दुर्व्यवहार छानबिन गरी दाेषिलाई कारवाही गर’, ‘मानव अधिकारको रक्षा गर’, ‘हामीलाई गरि खान देऊ’, ‘सडकमा व्यापार गर्नु रहर हैन बाध्यता हो’, महानगरपालिका प्रहरीको गुण्डागर्दी शैली बन्द गर’ लेखिएका प्लेकार्ड बोकेका छन् ।

  • मिसन संवाददाता
  • बुधबार, माघ १०, २०८० १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट