नयाँ बानेश्वरको सडकमा नै गुड्दै गरेको बसको चक्का भासियो

  • मिसन संवाददाता
  • शुक्रबार, माघ १२, २०८० १२:२८
नयाँ बानेश्वरको सडकमा नै गुड्दै गरेको बसको चक्का भासियो

काठमाडौं। नयाँ बानेश्वर चोक नजिकै एउटा बस सामान्य दुर्घटनामा परेको छ। बा ३ ख ३७६२ नम्बरको बस भासिएको हो।

भक्तपुरबाट रत्नपार्कतर्फ आउँदै गरेको बस सडक भासिँदा दुर्घटनामा परेको हो। बसमा सवार यात्रुको अवस्था भने सामान्य रहेको छ।

कमसल सडक निर्माण र खाल्डाखुल्डी हुँदा पनि दुर्घटना भएका छन्। यसअघि नयाँ बानेश्वर सिभिल अस्पताल अगाडी पनि यस्तै खाल्डो बनेको थियो।

  • मिसन संवाददाता
  • शुक्रबार, माघ १२, २०८० १२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट