अधिकृतलाई किन चेकजाँच भन्दै तर्किन खोज्दा मोक्तानले प्रहरीको कुटाई खाए

  • मिसन संवाददाता
  • शनिबार, माघ १३, २०८० 0९:0८
अधिकृतलाई किन चेकजाँच भन्दै तर्किन खोज्दा मोक्तानले प्रहरीको कुटाई खाए

शुक्रबार अपराह्न १२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा असहज वातावरण बन्यो। अध्यागम अधिकृत छाया मोक्तान प्रहरीको जाँच गर्ने घेराबाट यात्रु प्रतीक्षालयतिर जान खोजे। प्रहरीले मोक्तानको पनि शरीर जाँच गर्न खोजे।

मोक्तानले आफ्नो शरीरमा जाँच गर्ने अधिकार प्रहरीलाई नभएको जवाफ फर्काए।

यही विषयमा केहीबेर विवाद हुँदा मोक्तानले प्रहरी जवान रविरञ्जन गुप्तालाई लात्ताले पर धकेले। त्यतिन्जेल वरपरका अरु प्रहरी कर्मचारी पनि त्यहीँ भेला हुन्छन्। केहीबेर प्रहरी र अध्यागमन अधिकृतबीच धकेलाधकेल चल्छ। अन्ततः मोक्तानलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिन्छ।

प्रहरी जवानले अध्यागमन कर्मचारीमाथि हातपात गरेको सूचना पाएपछि अध्यागमन कार्यालय प्रमुख गोगन हमालसहितका अधिकारी प्रहरीको सीसी क्यामेरा कक्षमा गए। सीसीक्यामेराका दृश्य हेर्ने क्रममा पनि पनि त्यहाँ विवाद र तनाव हुन्छ।

अध्यागमन कर्मचारी र प्रहरीबीच चर्काचर्की पर्छ। त्यस क्रममा अध्यागमन प्रमुख हमालमाथि पनि प्रहरीले अभद्र व्यवहार गरेको सूचना विभाग हुँदै गृह मन्त्रालयसम्मै पुग्यो ।

शुक्रबारको घटनामा छानबिन गर्न गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा समिति बनाएको छ।

  • मिसन संवाददाता
  • शनिबार, माघ १३, २०८० 0९:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट