त्रिविको शिक्षाध्यक्ष र रजिस्ट्रारका लागि बायोडाटा मागियो

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र ६, २०८० १0:५0
त्रिविको शिक्षाध्यक्ष र रजिस्ट्रारका लागि बायोडाटा मागियो

त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालयमा रिक्त रहेको शिक्षाध्यक्ष र रजिष्ट्रार पदका लागि व्यक्तिगत विवरण (बायोडाटा) मागेको छ । बायोडाटा माग गर्दै त्रिविले मंगलबार सूचना प्रकाशित गरेको छ ।

शिक्षाध्यक्ष र रजिष्ट्रार पदमा काम गर्न इच्छुक प्राध्यापकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो बायोडाटा त्रिविको उपकुलपतिको इमेल ठेगानामा पठाउन भनिएको छ ।

‘हाल यस त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका शिक्षाध्यक्ष र रजिष्ट्रार पदमा क्रमशः त्रि.वि. ऐन २०४९ को परिच्छेद १९ (१) बमोजिम शिक्षाध्यक्ष पद र सोही ऐनको परिच्छेद २० (१) बमोजिम रजिष्ट्रार पदमा कार्य गर्न चाहने ईच्छुक प्राध्यापकहरुलाई यो सूचना प्रकाशित भएको मितिबाट सात (७) दिन भित्र आफ्नो बायोडाटा त्रि. वि. उपकुलपतिको ईमेल ठेगाना [email protected] मा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु,’ सूचनामा भनिएको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र ६, २०८० १0:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट