आफ्नो पक्षमा आवाज उठिरहेको पुर्वराजाको ठहर

  • मिसन संवाददाता
  • शनिबार, माघ १३, २०८० १९:0३
आफ्नो पक्षमा आवाज उठिरहेको पुर्वराजाको ठहर

पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले निरन्तर आफ्नो पक्षमा आवाज उठाएको आफूले सुनेको र देखेको बताएका छन्।

वीरगन्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले विगत १५ वर्षमा राजनीतिक दलले जनतालाई निराशातर्फ डोहोर्‍याएको दाबी गरे।

देशको वर्तमान राजनीतिक अवस्थाप्रति तीव्र असन्तुष्ट रहेकाले जनताले राजालाई नेतृत्व गर्न आह्वान गर्दै आएकाे शाहको दाबी छ। अहिले प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भुमरीमा फसेका आमनेपालीले सत्य, सेवा र लोकहितको अनुभूति गर्न नपाएको उनको भनाइ छ।

राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएको दाबी गर्दै उनले शाह वंशीय राजपद्धतिको इतिहासले राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधिबाहिर कुनै पनि समस्याको समाधान नखोजेको र नखोज्ने प्रस्ट पारे।

  • मिसन संवाददाता
  • शनिबार, माघ १३, २०८० १९:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्