पोखरा पर्यटनको राजधानी घोषणा

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ४, २०८० १४:३८
पोखरा पर्यटनको राजधानी घोषणा

पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार विशेष समारोहकाबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् ।

घोषणा समारोहमा सहभागी हुन पोखरा पुगेका उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण पनि गरे । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले लामो समयदेखि पोखरालाई पर्यटनको राजधानी बनाउन पहल गरिरहेका थिए ।

प्रदेशले योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरेको थियो ।

समितिकै सिफारिसका आधारमा प्रदेश सरकारले फागुन २३ गतेको मन्त्रीपरिषद् बैठकबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो ।

  • मिसन संवाददाता
  • आइतवार, चैत्र ४, २०८० १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट