मन्त्री थप्दा माल्दिभ्सको संसदमा सत्तापक्ष र विपक्षको हानाहान [भिडियोसहित]

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० १३:२१
मन्त्री थप्दा माल्दिभ्सको संसदमा सत्तापक्ष र विपक्षको हानाहान [भिडियोसहित]

माल्दिभ्सको संसदमा सत्तापक्ष र विपक्ष सांसदहरूबीच झडप भएको छ। नवगठित मोहम्मद मुइज्जुको सरकारले मन्त्रिपरिषदमा चार सदस्य थप्ने प्रस्ताव गरेपछि विपक्षी सांसदले विरोध जनाएका थिए।

विपक्षी सांसदहरूले उक्त प्रस्तावमा विरोध जनाएपछि सत्तापक्षी सांसदहरू आक्रोशित भएका थिए। त्यसपछि संसदमै सत्तापक्ष पिपुल्स नेशनल कंग्रेस र विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडिपी) बीच झडप भएको हो।

झडपकैबीच विपक्षी सांसदहरूले सभामुखको कानमा हर्न बजाएका थिए। त्यतिबेला सभामुख मोहम्मद अस्लामले दुवै कान थुनेका थिए।

केही सांसदहरूको टाउकोमा चोट लागेको छ। एकजना सांसदलाई अस्पताल नै लगिएको बिबिसीले उल्लेख गरेको छ।

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट