पत्रकार दोङको अन्त्येष्टि

  • मिसन संवाददाता
  • सोमवार, चैत्र १३, २०७९ १५:१६
पत्रकार दोङको अन्त्येष्टि

क्रियाशील पत्रकार दीपेन्द्र दोङको आज स्वयम्भू भगवानपाउ नजिक तामाङ संस्कार र परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका समूह सम्पादक तथा रेडियो जनताका स्टेशन म्यानेजर ४४ वर्षीय दोङको शनिबार उपचारका क्रममा निधन भएको थियो । करिब दुई साताअघि उहाँलाई मस्तिष्कघात भएपछि उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । दोङ नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) एशियाका महासचिव हुनुहुन्थ्यो । तामाङ भाषाका कतिपय चलचित्रका परिकल्पनाकार र लेखक उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र १३, २०७९ १५:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?