नेपाल आएको उत्तरको टोलि फर्कियो

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० १४:४७
नेपाल आएको उत्तरको टोलि फर्कियो

नेपाल भ्रमणमा आएको चिनियाँ उच्चस्तरीय टोली स्वदेश फर्किएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसि) अन्तराष्ट्रिय विभागका उपमन्त्री सन् हैयान नेतृत्वको ६ सदस्यीय टोली आज सिचुवान एयरको उडानबाट चीन प्रस्थान गरेको हो ।

सिचुवान एयरको 3U3902 मा चिनियाँ टोली दिउँसो साढे १२ बजे काठमाडौंबाट उडेको जनाइएको छ । नेपालको तीनदिने मैत्रीपूर्ण भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीमा उपमन्त्री हेैयानसहित सिपिसी विदेश विभागका सु मिन, चाङ्ग जिउविन, छेङ युया, वेन जुन, जिन यान सहभागी थिए ।

भ्रमणका क्रममा उपमन्त्री हैयानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गरेकी थिइन् ।

पाहुना टोलीको बिदाइका लागि पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्गलगायत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० १४:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट