संघीय संसद्को टोली भारत भ्रमणमा

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १६:0१
संघीय संसद्को टोली भारत भ्रमणमा

संघीय संसद्को एक टोली भारत भ्रमणमा गएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरू मंगलबार भारत प्रस्थान गरेका हुन् ।

भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिको निमन्त्रणामा मंगलबार उनीहरु भारत गएका हुन् । भारत भ्रमणमा जानेहरूका यादवसहित सुनीता बराल, छिरिङ ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन् ।

सो टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो ।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट