केहीबेरमा माओवादीको विधान अधिवेशन सुचारु हुने

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १४:३४
केहीबेरमा माओवादीको विधान अधिवेशन सुचारु हुने

नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलनको काम सकिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको विधान मस्यौदामाथि समूहहरूबाट बिहीबार सात टोलीले सुझाव प्रस्तुत गरेका हुन् । मंगलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधबार १३ समूहले मस्यौदा विधानमाथि सुझाव प्रस्तुत गरेका थिए ।

आज विधानमाथि सुझाव प्रस्तुत गर्दै कमला नहर्कीले पार्टीलाई श्रम र उत्पादनमा सहभागी गराउने, रूपान्तरणको नयाँ अभियान थालनी गनुपर्ने र समावेशी क्लष्टरबाट खसआर्यलाई हटाउनुपलगायतका सुझाव प्रस्तुत गरे ।

नेता युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने, जनवादी केन्द्रीयता मात्रै राख्नु राम्रो हुने तथा विचारको स्वतन्त्रता र कामकार्वाहीमा एकरूपतामा राखौँ भन्ने सुझाव प्रस्तुत गरे । उनले समान पदमा २ कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्नेमा आफ्नो समूहको जोड रहेको बताए ।

अर्का नेता राजकाजी गुरूङले विधानको भाषा उत्कृष्ट हुनुपर्ने उल्लेख गर्दै विधान पालना गर्ने सामूहिक प्रतिबद्धता स्पष्ट आउनुपर्ने सुझाव पेस गरे । उनले जनप्रतिनिधि चयन गर्दा पार्टी कमिटीबाट निर्वाचित हुने प्रावधान राख्नुपर्ने सुझाव पेस गरे ।

नेता रामदीप आचार्यले पार्टीलाई प्रवलीकरण हो वा पुनर्निर्माण गर्ने हो यसलाई स्पष्ट पारे । उनले निर्वाचनका लागि ठूला लेयरहरू हटाउनुपर्ने सुझाव दिए । अर्का टोली नेता कृष्णध्वज खड्काले पार्टीलाई वैकल्पिक केन्द्रीय सदस्यको व्यवस्था र केन्द्रीय समितिको विधान परिवर्तन गर्न नपाउने गरी व्यवस्था गर्नुपर्ने सुझाव पेस गरे । ३ बजेसम्मलाई स्थगित माओवादीको अधिवेशन केहिबेरमा सुरु गर्ने तयारी छ ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट