दलहरुले नै मिटरब्याजीलाई संरक्षण गरिरहेका छन् : विमला राई

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १७:३१
दलहरुले नै मिटरब्याजीलाई संरक्षण गरिरहेका छन् : विमला राई

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीलाई संरक्षण गरेको आरोप लागएकी छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितले भनिरहेको बताइन् ।

‘हिजो हामी जाँदा त्यहाँका महिलाहरुले के भन्नुभयो भने नि, उहाँ (मिटरब्याजी)हरु दलका कार्यकर्ता हुन्, दलका नेताहरु हुन्, उहाँहरुले सिडिओ, पुलिसलाई चिन्नुहुन्छ त्यसकारण हामीले न्याय पाउँछौँ ? प्रश्न त्यो हो । दलका कार्यकर्तालाई हामीले संरक्षण गरिरहेका छौँ ? दलहरुले बोल्नुपर्‍यो’ उनले भनिन् ।

राजनीतिक दलहरुले आफ्ना दलबाट त्यस्ता कामहरु भएका छन् भने, आफूले संरक्षण गरेका व्यक्तिबाट मिटरब्याजमा पैसा लगाउने काम भएको भए रोक्नुपर्ने पौड्यालले बताइन् ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १७:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट