प्रहरीका डिएसपी गोविन्द पन्थीलाई अन्तराष्ट्रिय अनुसन्धान अवार्ड

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १६:४६
प्रहरीका डिएसपी गोविन्द पन्थीलाई अन्तराष्ट्रिय अनुसन्धान अवार्ड

उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीलाई KIN INDIA ले INTERNATIONAL Investigative AWARD प्रदान गरेको छ।

उक्त संस्था मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा काम गर्दै आइरहेको संस्था हो। डिएसपी पन्थी मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भै आएका थिए।

सन २०२३ मा मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट भएको भन्दै उनलाई KIN INDIA ले छनोट गरेको थियो। उक्त अवार्ड लिन संस्थाले उनलाई भारतको दिल्लीस्थित नेपाली दुतावासमा आयोजनामा गरिएको कार्यक्रममा आमन्त्रण गरेकोमा उनी जान असमर्थ भएका थिए । उक्त अवार्ड उनलाई आज उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरको उपस्थितिमा संस्थाका अध्यक्ष नवीन जोशीले हस्तान्तरण गरेका छन् ।

पन्थी अहिले उक्त कार्यालयको पिलर ८ वैदेशिक रोजगार ठगी मुद्दाको अनुसन्धान तथा कारबाहीको जिम्मेवारी मा छन।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १६:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट