देउवाका विश्वासपात्रले शर्मालाई ढाल्न खोजेका हुन् ?

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ४, २०८० १0:0८
देउवाका विश्वासपात्रले शर्मालाई ढाल्न खोजेका हुन् ?

कर्णालीमा सत्तारुढ दलहरूबिच बढेको असन्तुष्टि सतहमा आएको छ । बिहीबार साँझ पूर्व मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सामाजिक सञ्जालमा कर्णालीमा अराजकता पैदा भएको कुरा सामाजिक सञ्जालमा लेखेसँगै सरकारबिच खटपट सुरु भएको बुझिएको छ ।

साथै उनले कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त भएको पनि उल्लेख गरेका छन्। उनले सोही बमोजिम कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले व्यवस्था गर्दा उपयुक्त हुने पनि बताएका छन्।

शाहीको उक्त भनाइसँगै कर्णाली सरकारमा हलचल हुने सङ्केत देखिएको छ । कांग्रेस कर्णालीको प्रमुख सत्ता साझेदार दल हो । कांग्रेसले अर्थ, सामाजिक र उद्योग गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ४, २०८० १0:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट