सहकारीको ३२ लाख चोरी प्रकरण : घरबेटीको आत्महत्या, सुसाईड नोटमा कसको नाम ?

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन ५, २०८० 0८:२४
सहकारीको ३२ लाख चोरी प्रकरण : घरबेटीको आत्महत्या, सुसाईड नोटमा कसको नाम ?

दोलखाको मेलुङ गाउँपालिका पवटीस्थित हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्थाबाट ३२ लाखभन्दा बढी रकम चोरी भएको घटनाले झनै ठुलो रुप लिने देखिएको छ । आज बिहान सोहि घटनासंग जोडिएका पात्र कपिलमणि न्यौपानेले आत्महत्या गरेका छन्। न्यौपाने सूर्याेदय साकोसका पूर्व कोषाध्यक्ष समेत हुन् ।

प्रहरीले केहि दिनअघि उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। न्यौपाने सूर्याेदय साकोसका संस्थालाई घर भाँडामा दिने घरबेटी समेत हुन्। नेकपा (एमाले) दोलखाका हालै निर्वाचित जिल्ला कमिटी सदस्य रहेका न्यौपानेले सामाजिक संजाल फेसबुकमा सुसाईड नोट समेत राखेका छन् । उनले घटनामा संलग्न व्यक्तिहरुको किटान समेत गरेका छन् । उनलाई प्रहरीले हिजो मात्र छाडेको बताईन्छ ।

उनले वर्षौंदेखि आफुलाई फसाउन योजना बनाईएको पनि खुलाएका छन् । उनले मुकुन्द, सोभित उप्रेती, पवित्रा बास्तोला, समिरा गौतम, अप्सरा खड्का, मुना कोइराला लगायतको आपराधिक योजनामा आफु फसेको बताएका छन् । मुकुन्द मुख्य योजनाकार रहेको पनि उनले खुलाएका छन् ।

उनले आफुले लिएको ऋण को-कसलाई दिएको पनि खुलाएका छन् । उनले नर श्रेष्ठसंग डेढ लाख, रामप्रसाद काकासंग १० लाख, पवित्रा बास्तोलासंग ३ लाख, बिमा २ लाख र पुरुषोत्तम पाठकसंग १० हजार रहेको खुलाएका छन् । साथै उनले लेखेलाई १ लाख र सफललाई ३ लाख तिर्न बाँकी भएको नोटमा उल्लेख गरेका छन् ।

साथै न्यौपानेले आमा र भाउजुलाई राम्रोसंग पाल्नु भन्दै आफ्ना भाईसंग अनुरोध गरेका छन् । आफुलाई फसाउनेलाई नछाड्न पनि उनले साथीभाईलाई अपिल समेत गरेका छन् ।

सहकारीको कार्यालयको मेन गेटसहित ५ वटा ताला तोडेर सेफ (भल्ट) मा राखिएको ३२ लाख ८७ हजार नगद चोरी भएको थियो । चोरीको घटनापछि प्रहरीले सहकारी व्यवस्थापक महेन्द्र भुजेल र पूर्व कोषाध्यक्ष न्यौपानेलाई नियन्त्रणमा लिएर सोधपुछ गरी रिहा गरेको थियो ।

यो अवधिमा दोलखा प्रहरीले न्यौपानेलाई पटक–पटक नियन्त्रणमा लिने र सोधपुछ गरी छाड्ने गरिएको थियो । केही दिन अघि जिल्ला प्रहरी कार्यालय झिकाइएका न्यौपाने विहिबार घर फर्किएका थिए ।

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन ५, २०८० 0८:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट