प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहालवाला तीजना मन्त्रीको राजीनामा माग गरेको छ। आइतबार बसेको बैठकमा समय लिएर बोल्दै एमाले सचेतक महेश बर्तौलाले भौतिक, पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका छन्।
गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुईजना युवाको ज्यान जानेगरी भएको घटनामा भौतिक मन्त्री ज्वाला दोषी देखिएकाले राजीनामा दिनुपर्ने उनको भनाइ छ। स्वास्थ्यमन्त्री बस्नेत पनि केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकाले उनले पनि पदबाट राजीनामा दिनुपर्ने एमालेको माग छ।
त्यस्तै, रामग्राम क्षेत्रमा नीजि कम्पनी खडा गरेर ९९ वर्षका लागि लिजमा दिने प्रयत्न भएको भन्दै त्यसको जिम्मेवारी पर्यटनमन्त्री किराँतीले लिनुपर्ने उनको भनाइ छ। लुम्बिनी क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले यो विषयमा जिम्मेवार हुनुपर्ने उनले बताए। विवादमा तानिएका मन्त्री नै पदमा बहाल हुँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने उनको भनाइ छ।