नेपाल फर्केपछि भिम उपाध्याय अदालत उपस्थित हुने

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन ७, २०८० 0७:१९
नेपाल फर्केपछि भिम उपाध्याय अदालत उपस्थित हुने

पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफूविरुद्ध दायर भ्रष्टाचार मुद्दामा स्वदेश फर्कनासाथ अदालतमा उपस्थित हुने बताएका छन्।

उनले हाल आफू विदेशमा रहेको बताएका छन् तर कुन देशमा भनेर उल्लेख गरेका छैनन्। मेलम्ची खानेपानी विकास बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मेलम्ची खानेपानी विकास समितिको बोर्डको अध्यक्ष रहेका बेला उनले ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैयाँ ९२ पैसा बिगो दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।

यस विषयमा सामाजिक सञ्जालमार्फत आरोपित उपध्यायाले प्रतिक्रिया दिएका हुन्।

‘नेपाल जागेको बेला म सुतेको थिएँ। उठ्दा नेपाल सुतिसकेको छ। उठेपछि समाचार थाहा भयो, मुद्दा के हो विवरण बुझेपछि मेरो प्रतिक्रिया आउने नै छ’, उनले लेखेका छन्, ‘खैर विशेष अदालतमा मुद्दा परिसकेको छ। विषय प्राविधिक बनेको छ। बदनीयत नभई फौजदारी कसुर प्रमाणित हुने कुरा पनि हुँदैन। स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाइका लागि उपस्थित हुने नै छु।’

उपाध्ययायले आफू निर्दाेष रहेको दाबी गर्दै शुभचिन्तकहरूलाई विचलित नहुन सुझाव दिएका छन्।

‘म ३ करोड नेपालीका सामू ढुक्कसँग भन्छु– मबाट देशहितको कामबाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन। देशको हितमा काम गर्नु गल्ती हुँदैन, त्यो पनि काकाकुल ४० लाख उपत्यकाबासीलाई पानी खुवाउने पवित्र काम गर्दा। मेलम्चीका कसैले मलाई १ रुपैयाँ कुनै बेला दिएको छन् भने भनून्। मिटिङमा चिया–खाजा, त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन’, उनले भनेका छन्, ‘मेरा सबै शुभचिन्तकहरूले मन खिन्न नपार्नुहोला। कहिलेकाहीँ भाइरस लागेर रुघाखोकी लाग्छ। सामान्य उपचार गर्नुपर्छ। मेरो हकमा यो मुद्दामा रौँ बराबरको पनि दम छैन।’

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन ७, २०८० 0७:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट