नख्खु कारागारमा विपश्यना ध्यान केन्द्रको उद्घाटन

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १७:१६
नख्खु कारागारमा विपश्यना ध्यान केन्द्रको उद्घाटन

ललितपुरको नख्खुस्थित कारागार कार्यालयमा विपश्यना केन्द्रको उद्घाटन भएको छ। मंगलबार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागार कार्यालय नख्‍खुमा निर्माण गरिएको विपश्यना केन्द्र ‘धम्मासय’को उद्घाटन गरेका हुन्।

कारागार कार्यालय नख्खु र नेपाल विपश्यना केन्द्र धर्मश्रृङ्ग काठमाडौंले उद्घाटन कार्यक्रम आयोजना गरेका हुन्। यस कारागारमा १२ दिनसम्म ४८ कैदीबन्‍दीहरूका लागि ध्यान शिविर संचालन हुनेछ।

यससँगै नेपाल विपश्यना केन्द्रले देशभरी १९ वटा ध्यान केन्द्र निर्माण गरेको छ। नख्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि संचालनमा आएको हो।

ध्यान केन्द्रको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्रै नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताए। आफूलाई फेर्ने, स्वजागृत हुने र समाज रूपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने उनले बताए।

कैदीबन्दीहरू सहभागी कार्यक्रममा गृहमन्त्री श्रेष्ठले भने, ‘एकपटक गल्ती गर्नुभयो, अपराध गर्नुभयो। ध्यानले अब म असल बन्छु, फेरिन्छु, बदलिन्छु भन्ने सोच तपाईंहरू आउनेछ।’ केन्द्रले १६ देशका कारागारहरूमा शिविर संचालन गरिसकेको छ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट