माओवादीका प्रदेश इन्चार्ज फेरिंदै

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १०, २०८० ११:१९
माओवादीका प्रदेश इन्चार्ज फेरिंदै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। बिहीबार बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ।

आजको स्थायी समिति बैठकबाट केही पदाधिकारीलाई दिएको जिम्मेवारी फेरबदल गर्ने माओवादीको तयारी छ। सात महिनाअघि माओवादीले उपाध्यक्ष, उपमहासचिव र सचिवहरुलाई संगठनको नेतृत्व दिएको थियो। आज बस्ने बैठकले तिनै नेताहरुको जिम्मेवारी फेरबदल गर्ने माओवादी स्रोतले जनाएको छ।

भदौदेखि पुस १५ सम्म माओवादी रुपान्तरण अभियान चलेको थियो। सो अभियानका बेला पदाधिकारीहरुलाई प्रदेश, पार्टी र प्रवासको जिम्मेवारी दिइएको थियो।

१० जना पदाधिकारीलाई ७ भूगोल र तीन अन्य गरी १० प्रदेश इन्चार्ज बनाएर खटाएको माओवादीले स्थायी समिति सदस्य र केन्द्रीय सदस्यलाई जिल्लाको इन्चार्ज बनाएर पठाएको थियो।अब त्यसलाई फेरबदल गर्न स्थायी समिति बैठक राखिएको हो।

बैठकका लागि तीन एजेन्डा तय गरिएका छन्। पहिलो, विधानलाई अन्तिम रुप दिने, दोस्रो, पदाधिकारीको जिम्मेवारी फेरबदल र तेस्रो, अभियानको कार्यतालिका बनाउने।

माओवादीले चैत १ गतेदेखि १५ गतेसम्म तराई-मधेश हुलाकी मार्ग अभियान र वैशाख १ गतेदेखि १५ गतेसम्म हिमाल(पहाड(तराई जनजागरण अभियान चलाउँदैछ। अभियानको कार्यतालिका पनि बिहीबार बस्ने स्थायी समिति बैठकले तय गर्ने छ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १०, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट