७ एसपीको काज सरुवा : को कहाँ ?

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १०, २०८० १८:१0
७ एसपीको काज सरुवा : को कहाँ ?

नेपाल प्रहरीका सात प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेकाे काज सरुवाअनुसार एसपी श्यामसिंह चौधरी जिल्ला प्रहरी कार्यालय धनकुटा, विनोद सिलवाल सर्वोच्च अदालत सुरक्षा कार्यालय, विमल बस्नेत संसदकाे मर्यादापालक प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा वीरेन्द्र शाही सरुवा भएका छन् ।

त्यस्तै एसपी विमलराज कँडेल प्रहरी प्रधान कार्यालयस्थित कल्याण महाशाखा, बालनरसिंह राणा महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नान्तिराज गुरुङ ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको प्रहरी प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले जानकारी दिए ।

फागुन १ गते ७८ एसपीको सरुवा हुँदा यी सातै जनाको पनि सरुवा भएको थियो । तर, विविध कारणले सरुवा भएको ठाउँमा जान नपर्ने अवस्था आएपछि प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेकाे डीआईजी ढकालले बताए ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १०, २०८० १८:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट