छातीमा भिनाजुको नामको ट्याटु हानेर साली बेपत्ता : हात काट्ने रेणु खोज्न अधिकारीको गुहार

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ११, २०८० २0:२६
छातीमा भिनाजुको नामको ट्याटु हानेर साली बेपत्ता : हात काट्ने रेणु खोज्न अधिकारीको गुहार

साँगाको नलिञ्चोकका बिहानीप्रसाद अधिकारी अहिले निकै तनावमा छन् । दोलखाको भीमेश्वर नगरपालिका–७ की रेनु फुँयाल आइतबारदेखि हराइरहेकी छन् । बिहान कोठाबाट निस्किएकी अहिलेसम्म पनि फर्किएकी छैनन् । उनी बेपत्ता भएपछि परिवारले बिहानीप्रसादलाई कराइरहेको छ ।

रेनुले छातीनेर बिहानीप्रसादको ‘ट्याटु’ खोपेको तस्बिर भेटेपछि परिवारका सदस्यले उनलाई तनाब थपिएको छ ।

साँगाको नलिञ्चोक घर भएका बिहानीप्रसाद दोलखाको चरिकोटस्थित मामाघर बसेर पढेका हुन् । उनको मामाघर र रेनुको घर नजिकै छ । उनीहरु पहिलेदेखि नै साथी थिए । बिहानीप्रसादले आफ्नै घर नजिकैको महिलासँग विवाह गरे । रेनुको विवाह हेमप्रसाद फुँयालसँग भयो ।

रेनु उनकी श्रीमतीको बहिनी नाता पर्ने भएकाले बिहानीप्रसादले साली भन्थे । सेनाको सिपाहीमा कार्यरत उनले द्धन्द्धकालमा जागिर छोडे । परिवारबाट दबाब आएपछि उनले सेनाको जागिर छोडेर सेक्युरिटी गार्डको काम गर्न थाले ।

कमाइ राम्रो नभएपछि उनी साउदी अरेबिया पुगे । उनको एक छोरा र एक छोरी छन् । दुई वर्ष साउदीको बसाइँपछि घर फर्किएका बिहानीप्रसादले श्रीमतीबाट राम्रो व्यवहार पाएनन् । कोहीसँग बोलेपनि शंका गर्ने, फोन चेकजाँच गर्नेलगायतका कार्य गर्न थालेपछि उनी छुट्टिएर बस्न थाले ।

रेनु र हेमप्रसादबीचको सम्बन्ध पनि त्यति राम्रो थिएन् । हेमप्रसाद मदिरा सेवन गरेर उनलाई पिट्थे र विभिन्न आक्षेप लगाउथे । त्यसपछि ‘डिप्रेशन’ मा गएकी उनी औषधी खाँदै आइरहेकी थिइन् । दुई सन्तानसहित काठमाडौंको जडीबुटी बस्दै आएकी उनी पछिल्लो समय टेकुस्थित सिसा पसलमा काम गर्थिन् ।

बिहानीप्रसाद एक्लै मूलपानी बस्छन् । उनका छोराछोरी श्रीमतीसँगै छन् । श्रीमती र उनको बोलचाल नभएको लामो समय भइसकेको छ । रेनुले यसअघि आत्महत्याको प्रयास पनि गरेको बिहानीप्रसाद बताउँछन् ।

‘डिप्रेशन’ को औषधी खाँदै गर्दा रेनुले हात काट्ने, आफैंलाई हानिनोक्सानी पुर्याउनेलगायतका कार्य गरेको उनको भनाइ छ । उनका अनुसार रेनु ‘डिप्रेशन’ मा हुँदा बोलचाल शुरु भएको हो ।

‘उनले औषधी खाइरहेकी रहेछिन् । त्यतिबेला मेरो उनीसँग कुराकानी भएको हो । उनले मसँग केही समय बोलिदिनु, तनाव कम हुन्छ भनेपछि बोल्न थालेको हुँ । मैले बोल्दा कसैको तनाव कम हुन्छ भने ठीकै छ भन्ठाने । अहिले मलाई साह्रै तनाव भएको छ’, उनले भने ।

कसैलाई जानकारी नगराई निस्किएकी रेनुलाई लुकाएको आरोप लागेपछि बिहानीप्रसादले प्रहरी गुहारेका छन् । खोजतलास गरिदिन आग्रह गर्दै उनले प्रहरी प्रभाग, कोटेश्वरमा निवेदन दिएका छन् ।

रेनुको फोन नम्बर ९८४९८४२८६४ ‘स्विच अफ’ छ । उनी भन्छन्,‘रेनुको फोन अफ छ । उनले मलाई फोन गरेर यहाँ छु भनेर बताइदिए पनि तनाव कम हुने थियो । म साह्रै चिन्तित छु । अस्तिदेखि केही खाएको छैन् । मरौं कि बाँचौं भइरहेको छ ।’

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ११, २०८० २0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट